FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ केराका बिरुवा वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो । मालभोग जातमा लाग्ने पानामा रोग विस्थापनका लागि रोग सहन सक्ने विलियम हाइब्रिड र जिनाइन जातका टिस्युकल्चर बिरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि विकास अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । टिस्युकल्चरबाट तयार गरिएको बिरुवामा रोग कम लाग्ने र उत्पादन पनि बढी हुने विज्ञहरुले बताएका छन ।

    यता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाको माटो सुहाउँदो बिरुवा छनौट गरी बिरुवा वितरण गरेको परियोजनाले जनाएको छ । परियोजनाका कृषि विकास अधिकृत ढुङ्गानाका अनुसार केराको क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत चितवनमा पहिलोपटक ठूलो सङ्ख्यामा केराको बिरुवा वितरण गरिएको हो । जेठ महिनामा रत्ननगर, खैरहनी, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १ नं वडाका ३१ किसानलाई १९ लाख बराबरको बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । त्यसमध्ये साढे नौ लाख किसानको लगानी भएको छ । यसै एक महिनाको बीचमा रत्ननगरमा ३१ हजार २६०, खैरहनीमा दुई हजार ५सय, कालिकामा २० हजार १०५ र भरतपुरमा एक हजार ५८३ विलियम हाइब्रिड र जी नाइन जातका टिस्युकल्चर बिरुवा वितरण गरिएको कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित