- Loading...
कृषि उपजले उचित मूल्य नपाउँदा नवलपरासीका किसानलाई सास्ती
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

बन्दाबन्दीका कारण कृषि उपजले उचित मूल्य नपाउँदा नवलपरासीका किसान चिन्तित भएका छन । काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानहरुको गुनासो छ ।


पछिल्लो समय त्यस क्षेत्रमा उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत हुने गरेको छ । जिल्लाबाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको प्रतापपुर – ६ कठहवाका किसान इन्द्रेश कुमारको दुखेसो छ । अहिले किसानका खेतमा खुर्सानी, भिण्डी, टमाटर, सहितका लहरे तथा कोशे तरकारी बाली उत्पादन भएका छन । तर उत्पादित कृषि उपजलाई ठूला बजारसम्म पु¥याउन नसक्दा हरियो तरकारीले उचित मूल्य नपाएको प्रतापपुर– ६ गुठीप्रसौनीका किसानहरुले बताएका छन । बन्दाबन्दी अघि व्यापारीले किसानको तरकारी खेतबारीबाटै उचित मूल्यमा खरीद गर्ने गरेपनि अहिले व्यापारी नआउँदा खेतबारीमै कहिने डरले सस्तोमा बेच्नुपरेको उनीहरुको भनाइ छ । लकडाउनयता ठूला बजारसम्म उत्पादित तरकारी पु¥याउन निकै कठिन भएपछि सस्तो मूल्यमा स्थानीय बजारमै बिक्री गरिएको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १० हेक्टर क्षेत्रफलमा करिव ५० मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको छ ।

