- Loading...
प्रदेश सरकारको बजेटमा संभावित भोकमरी र समाधान गर्न स्वास्थ्य तथा कृषि उत्पादनमा जोड
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अरब ७४ करोड बढी बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सभाको छैटौं अधिवेशनको १२ औं बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो ।


सोमबार प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आ.व.२०७७÷०७८ का लागि ३३ अब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ । त्यसअनुसार पूँजीगततर्फ १९ अर्ब, ६ करोड ९१ लाख २१ हजार, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र वित्तिय हस्तान्तरणतर्फ २ अर्ब, ९९ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । विनियोजित चालू खर्च अन्तरगत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि ८७ करोड ४१ लाख, रोजगारीका लागि २ अर्ब ५८ करोड २६ लाख अन्य कार्य तथा प्रशासनिक खर्च ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको मन्त्री ज्वालाले बताउनुभयो । प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट उत्पन्न महामारी, त्यसले सृजना गर्ने संभावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रबिन्दु बनाएर बजेट ल्याएको जनाएको छ ।

