FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चैते धानबालीमा रोगको प्रकोपले उत्पादनमा ३० प्रतिशत बढी ह्रास

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    उत्पादनको तयारीमा रहेको चैते धानबालीमा रोगको प्रकोपले उत्पादनमा ३० प्रतिशतभन्दा बढी ह्रास हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत राजन ढकालका अनुसार उत्पादन हुने बेला धानमा घाँटी मरुवा रोगको प्रकोपले उत्पादन घट्ने अनुमान गरिएको हो ।

    चितवन जिल्लामा २७ हजार ४४५ हेक्टरमा धान खेती गरिँदै आएकोमा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरिएको छ । यसपटक लगाइएका अधिकांश चैते धानमा रोगको प्रकोप देखिएको हो । किसानहरूको बढी रोजाइमा रहेको हर्दिनाथ १ मा प्रकोपको असर अन्यमा भन्दा उच्च रहेको छ । ज्ञान केन्द्रका अनुसार सोही जातको धान जिल्लामा ७० प्रतिशतभन्दा बढीले लगाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार पूर्वी चितवनको धान जोन क्षेत्रमा उत्पादन लिने अवस्थामा रहेको हर्दिनाथ १– धानमा घाँटी मरुवा रोगको प्रकोप छ । गतवर्षदेखि उक्त धानबालीमा समस्या देखिन सुरु गरेको धानबाली विज्ञहरुले बताएका छन । यसपटक चैते धानमा किसानले बढी नै क्षति सहनु परेको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो । किसानलाई बाली बीमाले आकर्षण गर्न नसक्दा पनि उनीहरुले क्षति व्यहोर्नुपरेको केन्द्रको दावी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित