FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धानबाली लगाउनु अगावै समर्थन मूल्य तोक्ने सरकारको तयारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    सरकारले धानबाली लगाउनु अगावै समर्थन मूल्य तोक्ने तयारी थालेको छ । किसानलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन बाली लगाउनुअघि नै न्यूनतम मूल्य तोक्न लागिएको हो । यसअघि धानको मूल्य ढिलो गरी तोक्दा सरकारले पनि खरिद लक्ष्य भेट्टाउन सकेको छैन ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरिसकेको छ । धानको समर्थन मूल्यको प्रस्ताव गत बिहीबार पेस गरिएको आपूर्ति मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७७÷०७८ का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम २ हजार ८ सय ८५ रुपैयाँसहितको प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको उपसचिव बस्नेतले बताउनुभयो । सम्भवतः आगामी बस्ने मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोक्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन । कृषि मन्त्रालयले गत वर्षको मूल्यसहित लागत मूल्य, नेपाल राष्ट्र बैंकको मुद्रास्फीति र ढुवानीसहित जोडेर धानको मूल्य सिफारिस गर्दै आएको छ । सोही सिफारिसका आधारमा आपूर्ति मन्त्रालयले थप विश्लेषण गरी मन्त्रिपरिषदमा प्रस्ताव गर्ने प्रावधान छ । यस्तै कृषिले चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षलाई मोटा धान प्रतिक्विन्टल २ सय ३ र मध्यम २ सय १२ रुपैयाँ बढाएर मूल्य प्रस्ताव गरेको छ । चालु वर्ष मोटा धानको समर्थन मूल्य २ हजार ५ सय ३१ रुपैया ८० पैसा र मध्यमको २ हजार ६ सय ७३ रुपैयाँ तोकेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित