
- Loading...
धानको बालामा भुस मात्र भएपछि स्थानीयले धानबारीमै डढेलो लगाए
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

चित्तवनको राप्ती नगरपालिका ४ बेलुवाका किसानहरुले रोपेको धान खेतीमा आगो लगाएका छन । पाकेर भित्र्याउने वेलाको धानको बालामा भुस मात्र भएपछि स्थानीयले आइतबार धानबारीमै आगो लगाएका हुन । धानको बोट चिसो भएकाले आगोले नष्ट नभएपछि ट्याक्टर लगाएर पूरै खेत जोतिएको छ । झुलेको धानमा रोगले भुस मात्र भएपछि नष्ट गरेको स्थानीय किसान कमलप्रसाद तिवारीले जानकारी दिनुभयो । खेत जोत्नेदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैयाँ खर्च गरेको उहाँको भनाइ छ । अरूको खेत भाडामा लिएर खेती गर्दै आआउनु भएका तिवारीले अघिल्लो वर्ष सोही जग्गामा ५५ क्विन्टल धान उत्पादन भएको जानकारी दिनुभयो ।


पूर्वी चितवनमा हर्दिनाथ १ नामक धानमा घाँटी मरुवा समस्या देखिएको छ । त्यस क्षेत्रका किसानहरुले चैत पहिलो साता धान रोपेका थिए । राप्ती ४ बेलुवा आसपासमा झन्डै २० बिघामा लगाइएको धानमा त्यस्तै समस्या देखिएको छ । सोही क्षेत्र प्रधानमन्त्री कृृषि आधुनिकीकरण परियोजना धान जोनसमेत रहेको बताइएको छ । प्रधानमन्त्री कृृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा उक्त रोग लागेको जानकारी दिनुभयो । खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका करिब ६० प्रतिशत धान खेतीमा रोगले क्षति पुर्याएको छ ।

