FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बागलुङमा दूधको मूल्य वृद्धि

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाका दरले वृद्धि गरेको छ । यसअघि प्रतिलिटर ८० रुपैयाँ खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर एक सय पर्ने भएको छ । सङ्घले दूधको मूल्य वृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी सङ्घका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिनुभयो ।

    वर्तमान समयमा पशुआहारा तथा पशुपालन व्यवसायमा संलग्न सामाग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारले दूधमा गरेको मूल्य समायोजन अनुसार बागलुङमा समेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको अध्यक्ष क्षत्रीको भनाई छ । संघले २०७२ साल चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरेको हो । संघको सोही निर्णय अनुसार असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर एक सय, दही प्रतिलिटर एक सय २०, पनिर ८ सय, घ्यू प्रतिकेजी एक हजार ३ सय, खुवा प्रतिकेजी एक हजार २००, छुर्पी एक हजार, लस्सी २०० मिलीलिटरको ५०, आइक्रिम प्रतिकोन ४० र नौनी प्रतिकिलो एक हजार रुपैयाँ कायम गरिएको छ । लामो समयदेखि मूल्यवृद्धि हुन नसक्नु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्नुपरेको संघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित