FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फलफूल र नगदेबालीका विरुवा बिक्री नहुँदा नर्सरी सञ्चालक समस्यामा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    गुल्मीमा नर्सरीबाट उत्पादन भएका फलफूल र नगदेबालीका विरुवा बिक्री नहुँदा नर्सरी सञ्चालक समस्यामा परेका छन् । लामो लकडाउनका कारण कागती, सुन्तला, अनार, मौसमसहित टिम्मुर, किबी, चियापत्ती, कफीलगायतका एक दर्जन भन्दा वढी फलफुल तथा घाँसका विरुवा बिक्री नभएको रेसुङ्गा नगरपालिका –७ स्थित पुतलीबजारका वीरबहादुर कार्कीले बताउनुभयो ।

    जिल्लामा बाँझो जमिन खनेर कागती लगाउने अभियान चलेपनि बिरुवा अन्य जिल्लाबाट ल्याउने प्रचलनले नर्सरी सञ्चालक समस्यामा परेका बताइएको छ । ५ रोपनीको नर्सरीमा बिरुवा उत्पादन भएको करिव ५० हजार भन्दा वढी बिरुवा रोप्न योग्य रहेको छ । नर्सरीमा अझै धेरै विरुवा उत्पादन गर्ने सोच रहेपनि बिक्री नहुँदा समस्या भएको उहाँको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित