FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असला माछा लोप हुँदै जाँदा पुख्र्यौली पेशा संकटमा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    Post Thumbnail

    असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र स्थानीय एक दर्जन खोलामा पछिल्लो समय त्यस्ता माछा पाउन छाडेका छन् । जिल्लाका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको स्थानीय जलारीहरूले बताएका छन् । पहिले खोलामा प्रशस्तै पाउने र ग्राहकले खोलाबाटै लैजाने गरेको भए पनि अहिले त्यस्ता माछा लोप हुँदै गएको उनीहरुको भनाई छ ।

    लोपोन्मुख असला माछा खोलामा नहुने र अन्य माछा पनि कम हुँदै जाँदा आफूहरुको पेशा सङ्कटमा परेको जलारीहरुको गुनासो छ । छामघाट खोलामा ३० वर्षदेखि जाल हान्दै माछा मार्ने स्थानीय दिपक कार्की अहिले असला माछा पाउन छाडेसँगै पेशा परिवर्तनको तयारीमा लागेको बताउनुभयो । केही महिनायता छामघाट खोला लगायत जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको छ । स्थानीय सरकारले जल गुरुयोजना तयार गरी खोलाका माछा अवैध रूपमा मार्न रोक लगाए पनि विष हाल्ने र करेन्ट लगाउने काम रोक्न सकिएको छैन । यता भैरवी र माहाबू गाउँपालिकाले प्रहरी परिचालन गरी त्यस क्षेत्रमा रहेको छामघाट खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ । तर लकडाउनमा त्यस्ता कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित