- Loading...
बागमती प्रदेश सरकारले किसानलाई दिने अनुदानमा सहज बनाउँदै
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

बागमती प्रदेश सरकारले सहज रुपमा किसानलाई अनुदान दिएर कृषि उत्पादन बढाउन बृहत् प्याकेज ल्याएको छ । तर सरकारी निकायबाट पाउने अनुदानका कार्यक्रम झन्झिटिलो भएको किसानहरुले गुनासो गर्ने गरेका छन । आगामि आर्थिक वर्ष ०७७÷७८ को बजेटमार्फत झन्झटिलो अनुदानका कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।


प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा किसानलाई उत्पादनका आधारमा दूध, बीउमा प्रोत्साहन अनुदान, सहुलियत कर्जा, सामूहिक खेती लगायत कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव योगेन्द्रकुमार कार्कीका अनुसार अनुदानको रकम किसानका खातामा जाने व्यवस्था मिलाइएको छ । किसानले दूध उत्पादन गरी बिक्री गरेवापत प्रतिलिटर २ रुपैयाँ अनुदान दिने बताइएको छ । सचिव कार्कीका अनुसार प्रोत्साहन गर्न दिने रकम उनीहरुकै खातामा जम्मा हुने व्यवस्था छ । एक सय ६७ वटा दुग्ध उत्पादन सहकारी संस्थासँग सम्झौता गरी प्रोत्साहनका लागि अनुदान दिन लागेको छ । यस्तै प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान दिने १६ करोड रुपैयाँ विनियोजन गरेको सचिव कार्कीले जानकारी दिनुभयो । यता कृषि कर्जाका लागि करिब तीन अर्ब रुपैयाँ र अन्य कार्यक्रमका लागि चार अर्ब गरी सात अर्ब रुपैयाँ कृषिमा बजेट विनियोजन गरेको छ ।

