FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • २ वडाका किसानले कफी खेतीबाट करोडौ रकम आम्दानी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    काभे्रको खानीखोला गाउँपालिकास्थित २ वडाका किसानले कफी खेतीबाटै करोडौ रकम लिन थालेका छन् । खाद्यान्नबाली उत्पादन नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ को साल्धारा र ७ का मिल्चेका किसानले राम्रो आम्दानी गर्न थालेका छन । त्यहाँ उत्पादित कफी जापान तथा युरोपियन मुलुकहरूमा जान थालेपछि स्थानीय खेती विस्तार लागेका छन ।

    मकै, कोदो तथा फापर फल्ने बारीमा अहिले कफीले भरिएका छन् । उक्त गाउँँको मुख्य पेशा नै कृषि र पशुपलान रहेको छ । बन्दाबन्दीका कारण पशुपालनबाट विस्तापित हुने त्रासमा रहेका किसान कफीले राम्रो बजार पाएसँगै खुशी भएका छन् । २ वडाबाट मात्रै करिव ३ करोड रुपैयाँभन्दा बढीको कफी बिक्री भएको ६ नं. वडाका वडाअध्यक्ष मानबहादुर गोलेले बताउनुभयो । उहाँका अनुसार पाँच सय बढी किसानले कफी लगाउन थालेका छन् । बजारको समस्या नरहेको र मूल्य पनि राम्रो भएपछि खाद्यान्नबाली उत्पादन हुने बारीमा कफी विस्तार गरिएको स्थानीयले बताएका छन । किसानहरूको सोही खेतीप्रति आकर्षण बढ्दै गएपछि पालिकाले पनि प्रोत्साहन गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालका अनुसार खेती विस्तार गर्न पालिकाले कफीका प्रतिबोट ५देखि १० रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको छ । यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साल्धाराबाट पकेटक्षेत्र नै सुरुवात भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित