FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खोटाङका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादन गर्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    Post Thumbnail

    खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । अहिलेसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दै आएका तल्लो टोल बंगुरपालन कृषक समुहमा आवद्ध किसान, गाउँपालिकाको आर्थिक सहयोगमा कागतीको बेर्ना उत्पादनमा लागेका हुन् । पालिकाले दुई लाख आर्थिक सहयोग गरेपछि किसानले ३० हजार बराबरको श्रमदान गरी कागतीको नर्सरी लगाएको गाउँपालिकाकाका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो ।

    कृषि पर्यटनको बिकास गर्ने नीति तथा कार्यक्रम अनुसार कार्यन्वयनमा लागेको अवस्थामा च्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् । यतिबेला किसानले कागतीको नर्सरी विकासका लागि जर्खराउने काम गरिरहेका छन् । कागतीको बेर्ना उत्पादन, खेती विस्तार एबं बिक्रीका लागि समुहमा आवद्ध २२ किसानले प्लाष्टिकको टनेलभित्र बेर्ना लगाईसकेको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले जानकारी दिनुभयो । गाउँपालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् । गाउँपालिका–३ स्थित खिदिमामा चिया, मात्तिममा अनार र रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेर्ना अन्यत्र खोज्नुपर्ने वाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित