- Loading...
कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दीका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन सकेको छैन ।


दैनिक उपभोग्य वस्तु खरिद गर्न नजिकका चीनिया बजार बन्द हुँदा त्यस क्षेत्रका नागरिक खाद्य संकटमा परेका हुन् । सरकारले चीनसँग जोडिएका हुम्लाको नाम्खा, डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा चीन हुँदै खाद्यान्न पठाउने गरेको थियो । चीनसँग सीमा जोडिएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले चीनसँगका सीमा नाका बन्द हुँदा उत्तरी क्षेत्रमा भोकमरी सुरु हुन थालेको बताउनुभयो । खाद्य सस्ंथानले चीन हुँदै पठाउने खाद्यान्न पनि लकडाउनका कारण पठाउन नसकेपछि स्थानीयर्ला किनेर खानसमेत समस्या भएको छ । यता चिनिया बजार बन्द भएसँगै त्यहाँ उत्पादित आलु र उवा पनि सकिन लागेको स्थानीयले बताएका छन । यस्तै चीनसँग जोडिएको डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिकामा पनि अहिले खाद्य संकट छ । गाउँपालिका अध्यक्ष टसी तुन्डुप गुरुङका अनुसार दैनिक उपभोग्य वस्तुको अभाव हुँदा सर्वसाधारण मारमा परेका छन । यसवर्ष यार्सा संकलन गर्न रोक लगाएसँगै स्थानीयहरूसँग खाद्यान्न खरिदका लागि पैसासमेत अभाव भएको छ ।

