FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चालु आर्थिक वर्ष बीउको औपचारिक आयातमा बृद्धि

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    सरकारले कारोना संक्रमण फैलिन नदिन सीमानाका बन्द गरेपछि बीउको औपचारिक आयात बढेको छ । चालु आर्थिक वर्ष १ अर्ब ५३ करोड रुपैयाँको बीउ आयात भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक छ । त्यस अवधिमा सबैभन्दा बढी धानको बीउ आएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष १ अर्ब २७ करोड रुपैयाँको बीउ आयात भएको थियो ।

    केन्द्रका सूचना अधिकारी रमेश हुमागाईका अनुसार आयतीत बीउमध्ये सबैभन्दा बढी धानको २ हजार ७ सय ८० टन रहेको छ । गत वर्षको तुलनामा यसवर्ष धानको बीउ मात्र ९ सय २२ टन बढी आयात भएको देखिएको छ । मकै बीउको आयात पनि सामान्य बढेको छ । तरकारीको बीउ भने आयात घटेको छ । केन्द्रका अनुुसार गतवर्ष १ सय ६० टन आयात भएको भएपनि अहिले ८३ टनमा झरेको छ । तरकारीको करिब ३५ थरीको बीउ आयात हुँदै आएको छ । केन्द्रका सूचना अधिकारी हुमागाईका अनुसार तरकारीको बीउमा गरिएको डीएनए परीक्षणले आयात घटेको बताइएको छ । यसअघि आयत गरिएको गरिमा जातको हाइब्रिड धानको बीउ नक्कली परेपछि सरकारले बीउ आयात गर्दा अनिवार्य डीएनए परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेको हो । तर धानको बीउको हाहाकार हुने आकलनले बढी कम्पनीले आयात गरेको केन्द्रको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित