FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पानामा रोगले मालभोग प्रजातीको केरा लोप हुँदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    नेपालमा उच्च मानिने मालभोग प्रजातीको केरा, पानामा रोगले लोप हुने खतरा देखिएको छ । चितवनका किसानहरुले लगाएको मालभोग केरामा पानामा रोग धेरै फैलिँदै गएपछि सोही प्रजातिको केरा संकटमा परेको विज्ञहरुले बताएका छन् । आजभन्दा झण्डै ७५ वर्षअघि संसारकै सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’ जातको केरा लोप भएको थियो ।

    मालभोगमा पनि त्यही खालको खतरा पैदा भएको विज्ञहरुले बताएका छन् । केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने तथा फाट्ने, गुभोभन्दा तलैबाट केरा पसाउने, बाङ्गोटिङ्गो हुने, जरामा गिर्खा पर्ने लगायतका समस्या देखिएको छ । चितवनको केरा उत्पादन हुने पदमपुर क्षेत्रमा मालभोग केराको बगान नस्ट हुँदै जान थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार अबको पाँच वर्षमा जिल्लामा रोगले धेरै केरा बगान नस्ट हुने देखिएको छ । हर्दिनाथ १ धानमा नेक ब्लाटले ध्वस्त बनाए जस्तै मालभोगमा पानामा रोगले खाएर सक्ने अवस्था आएको स्थानीयले बताएका छन । त्यस रोगको कुनै उपचार नभएको पनि परियोजना प्रमुख तिमिल्सिनाले बताउनुभयो । पछिल्लो समय मालभोगमा ‘ट्रपिकल रेस फोर’ नामक ढुसी संक्रमण भए–नभएको पत्ता लगाउन केराको नमूना चीन पठाइएको छ । परियोजना प्रमुख तिमल्सिनाका अनुसार डेढ वर्षअघि पनि नमूना परीक्षण गर्न चीन पठाएका थियो । तर अहिलेसम्म त्यसको रिपोर्ट नआएको विज्ञहरुले बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित