FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इलामका चिया उत्पादक किसान पुनःआन्दोलित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    सदावहार जस्तै चल्ने इलामको चिया आन्दोलन यसवर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चिया पत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्ड अनुसार पनि लागत नदिएको किसानको गुनासो छ ।

    उद्योगले हरियो पत्तीमा लागत नै नउठ्ने गरी मूल्य कायम गरेपछि उनीहरु आन्दोलित हुन बाध्य भएका छन् । किसानले उत्पादन गरेको हरियो पत्तीको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको स्थानीयले बताएका छन् । उद्योगमा हरियोपत्ती बेच्न नपाए आफूहरूको वर्षभरको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् । तर यसवर्ष सूर्याेदय नगरपालिकाले दुई वर्षअघि तोकेको हरियो पत्तीको न्यूनतम् मूल्यसमेत उद्योगीले उल्लङ्घन गरेपछि किसान सङ्गठित भएरै सङ्घर्ष गर्ने निर्णयमा पुगेका हुन् । किसानले नगरको वडा ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । चिया उत्पादन हुने नगरका सबै वडा र नगरस्तरको समेत समिति गठन गर्ने तयारी छ । समितिको वडा १० का अध्यक्ष बालकुमार भण्डारीले केही दिनभित्रै नगरस्तरीय समितिसमेत गठन हुने बताउनुभयो । उद्योगले नगरले तोकेको न्यूनतम् मूल्य कार्यान्वयन नगरेको भन्दै नगरका किसानले मङ्गलबार नगरपालिकामा ६ बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित