FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • एक साँझ नै चौकिदार हाक पर्न थाल्छ चलो चलि कल्वा खाई

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    जगेश्वर सिंह थारु
    बर्दिया, ६ असार
    मान्छेहरु दिनभरी खेतमा काम गरेर साझँ घरमा नुहाइ धुवाई गरेर थकान मेटाउन बसेका हुन्छन् । त्यही बेला गाँउको चौकीदार हाक पर्न थाल्छ भोली कल्वा खाई जैन बा अर्थात खेतमा खान खाना जानु छ भन्न थल्छ । अनि गाँउका मानिसहरु भेला भएर छलफल गर्न थाल्छन । त्यहा के छलफल हुन्छ होला तपाई हामी सबैलाई जिज्ञासा लाग्छ । तर थारु समुदायमा कोले कति केजी मासु किन्ने भन्ने कुरा छलफल हुन्छ र त्यहाँ एउटा नामावली बनाईन्छ । कोले कति केजी मासु किन्ने भनेर । विश्वकै मानिसहरुले प्राविधिक हिसावले खेती गरी रहेका छन् । नयाँ नयाँ प्रबिधि अनुसार पुरानो खेती गर्ने प्रबिधि मात्र नभएर रहनसहन पनि छोडी सकेका छन् । उन्नत जातका धान लगाउने र धेरै उत्पादन गर्नेतिर किसानहरु लागिपरेका छन् । तर पश्चिम नेपालका तराई क्षेत्रमा नयाँ प्रविधि र उन्नत जातका धान लगाए पनि रहनसहन र आफ्नो पुरानै संस्कृतिलाई बचाउँदै आएका छन् ।

    नेपालका पश्चिमी थारु समुदायका मानिसहरुले नयाँ प्रविधि र उन्नत जातका धान लगाए पनि पुस्तौदेखि चल्दै आएको पराम्परालाई अङ्गाल्दै आई रहेका छन् । उनीहरुले धानको बिउ रोप्नु भन्दा पहिला हरेक बर्ष शुरुमा खान लागेर खाने गर्दछन् अर्थात थारु भाषामा कल्वा खवाई भन्ने गर्दछन् । उनीहरु आफ्नो पराम्परा अनुुसार घरमा मिठामिठा परिकारसहित माछा, मासु र सागको तरकारी घोङ्गी लगायतका तरकारीहरु खेतमा खाने गरेका छन् । खेतमा खाना खानका लागि अर्थात कल्वा खवाई पुरुषहरु खेतमा विहानै खेत जोत्न जाने र महिलाहरुले मिठा परिकारसहितको खान लिएर खेतमा जाने र खान खानुभन्दा पहिला मेघा बाबा अर्थात मेघनाथलाई पहिला पुजा गरेर खान दिने र त्यसपछि आफु खाने गर्दछन । जसले गर्दा उत्पादनमा बृद्धि हुने विश्वास रहेको बढैयाताल गाँउपालिका वडा नं. ५ का किसान गोर्वधन थारुले बताउनुभयो । आफ्नो आफन्तहरुलाई बोलाउने र घरबाट पकाएर खेतमा लगेका मिठा परिकार खान दिने चलन पनि रहेको छ । जसले गर्दा आफन्तको माया र भाईचारा बढ्ने पनि बढ्ने विश्वास छ । खेतमा नभए बगार अर्थात घाडीमा लगेर खाने गरेका छन् । उहाँका अनुसार यसो गर्दा धान उत्पादन र बर्खा राम्रो हुने गरेको बढैयाताल गाँउपालिका वडा नं. ५ कि स्थानीय लख्खी थारुनीले बताउनुभयो । पुस्तौदेखि चल्दै आएको चलन र धानको उत्पादनमा समेत राम्रो भएकाले कल्वा खवाई अर्थात खेतमा खान खाने यो पराम्परालाई अपनाई रहेका छन् । थारु समुदायका मानिसहरुले आझै पनि पुस्तौदेखि चलि आएको रितिरिवाजलाई मान्यता दिँदै आई रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित