FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषकहरूका लागि ३ दिने कृषक अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा किसानहरूका लागि ३ दिने कृषक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गुडलक एजुकेसन एन्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कृषकहरूका लागि ३ दिने कृषक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गुडलक एजुकेसन एन्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीका डाइरेक्टर वसन्त रेग्मीको सभाध्यक्षयतामा सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले प्राप्त भएको तालिम प्रशिक्षार्थीले व्यवहारमा प्रयोग गर्नुपर्ने बताउनु भयो । वडा अध्यक्ष रोशन प्रसाद ढकालले पनि व्यवहारमा प्रयोग गरे मात्र तालिम लिएको अर्थपूर्ण हुने बताउनुभयो । समापन कार्यक्रममा वडाध्यक्ष रोशन प्रसाद ढकाल, वडा सचिव अनिल पोखरेल, वडा सदस्यहरू, टोली अध्यक्षहरू, सञ्चारकर्मीहरु र प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो । तालिमको समापन कार्यक्रममा सहभागी सबै कृषकहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिम पुस्तिका हस्तान्तरण गरिएको थियो । सहभागीहरूले समेत वडाको आयोजनामा गुडलक एजुकेसन एन्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीको संयोजनमा भएको तालिममा कृषि सम्बन्धी धेरै कुराहरू सिकेको भन्दै खुसी व्यक्त गरेका छन् । तालिममा सहभागी वडाका अगुवा कृषकहरूलाई प्रोत्साहन गर्न, कृषि पेसामा देखिएका समस्या समाधान तथा वैज्ञानिक खेती प्रणाली बारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम राखिएको वडा सदस्य दिलीप दाहालले जनाए । अभिमुखीकरण कार्यक्रममा कृषिमा आधुनिकीकरण, कौसी खेती, तरकारी खेती, नर्सरी, धान बाली र रोग किरा लगायतका विषयमा कृषकहरूलाई जानकारी गराइएको थियो । वडाका २० जना अगुवा कृषकहरूको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई, प्राविधिक सहायक सुदिप भण्डारी, विवेक भट्टराई लगायतले सहजीकरण गरेको गुडलक एजुकेसनका प्रबन्ध निर्देशक रेवती निरौलाले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित