- Loading...
बादर आतंकबाट किसानहरुलाई मुक्त गराउन उक्त यन्त्र निर्माण
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको

स्याङ्जाको वालिङ नगरपालिका १३ स्थित मेथीबारीका युवाले बादर धपाउने मेसिन निर्माण गर्नुभएको छ । स्थानीय स्तरमा पाईने बाँसको प्रयोग गरी बादर आतंकबाट किसानहरुलाई मुक्त गराउन उक्त यन्त्र निर्माण गरिएको बताइएको छ ।


बादरको समस्याले गाउँगाउँमा किसानलाई सताईरहेको विभिन्न सञ्चार माध्यममा समाचार प्रशारण भईरहेका बेला जिल्लाको उक्त गाउँमा त्यसको विकल्प खोजिएको छ । वालिङस्थित जीवनज्योती इङलिस बोडिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत १३ बर्षिय समिर भट्टराईले त्यस्तो मेसिनको निर्माण गर्नुभएको हो । देशव्यापी रुपमा बाँदरको समस्या भएको र त्यसलाई धपाउन अहिले बजारमा महंगो र पलाष्टिकका सामग्री आईसकेका छन । तर भट्टराईले त्यसको अनुशरण गर्दै स्थानीय कच्चा सामाग्रीबाट वढी आवाज दिने यन्त्र निर्माण गरेको जानकारी दिनुभयो । केरा पकाउन प्रयोग गरिने औषधीमा पानी हालेपछि ग्यास बन्ने र लाईटरको सहायताले सजिलै पटकाउन सकिने उहाँको भनाई छ । यसअघि विभिन्न सामाग्रीको प्रयोग गरी हेलीकेप्टर लगायतका विभिन्न आविष्कार गर्दै आएको र अहिले नयाँ यन्त्र निर्माण गरेको स्थानीयले बताएका छन ।

