FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रासायनिक मल अभावसँगै मुलुकभर धान रोपाई तीव

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    भारतमा रासायनिक मल रोकिएका कारण नेपालमा मलको अभाव देखिएको छ । मुलुकभर मनसुन सुरु भएसँगै धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँसँगै मलको माग अत्यधिक बढेको छ । तर भारतबाट युरिया तथा डिएपीसहित सम्पूर्ण मल आइनसकेका कारण मलको अभाव देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले कोरोना भाइरसको रोकथामका लागि लगाइएको बन्दाबन्दीकै कारण मल आयातमा समस्या भइरहेको बताउनुभयो ।

    कोलकाता बन्दरगाहबाट ढिलो हुने भएपछि गुजरात हुँदै ल्याउन खोजिएकोमा त्यहाँबाट पनि आउन ढिलाइ भइरहेको उहाँले बताउनुभयो । कोलकाता बन्दरगाहमा रहेको ५० हजार मेट्रिकटन मलमध्ये ३० हजार मेट्रिकटन डीएपी मल यसअघि नै आइसकेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये केही वितरण पनि भइसकेको छ । बाँकीमध्ये पाँच हजार मेट्रिकटन आगामी हप्ताभित्र आइपुग्ने बताइएको छ । यता कोलकातामा रहेको मल असार १५ गतेभित्रै आइपुग्ने पनि मन्त्रालयले जनाएको छ । तर गुजरातमा २१ हजार मेट्रिकटन मल थन्किएपछि नेपालमा मल अभाव देखिएको छ । मल ल्याउने विषयमा परराष्ट्र मन्त्रालय र भारतमा रहेको नेपाली राजदूतावासमार्फत कुराकानी अगाडि बढाइएको भएपनि ढिला भइरहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन । थप मलका लागि टेन्डर भएपनि नेपाल आइपुग्न अझै एक÷डेढ महिना लाग्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित