FLASH NEWS
- Loading...
मरिच आयातमा लगाएको प्रतिबन्ध शसर्त खुकुलो
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

सरकारले मरिच आयातमा लगाएको प्रतिबन्ध शसर्त खुकुलो गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको हो ।


गत चैत २४ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारको मरिचको आयात रोक्ने निर्णय गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा यसअघि रोक लगाएको थियो । तर मरिचमा प्रतिबन्ध लगाउँदा केही उद्योगहरु प्रभावित भएको गुनासोपछि उद्योग मन्त्रालयको सिफरिसमा त्यसको आयात फुकुवा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक पटकमा एक हजार पाँच टन मात्रै मरिच उद्योग विभागको सिफारिसमा आयात गर्न पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
