- Loading...
पोल्ट्री क्षेत्रमा करिब २० अर्बको नोक्सान
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभरि बन्दाबन्दी लागू गरेको आइतबार ९० दिन पुगेको छ । बन्दाबन्दीको तीन महिना अवधिमा पोल्ट्री क्षेत्रमा करिब २० अर्बको नोक्सान भएको त्यस क्षेत्रका अधिकारीहरुले दाबी गरेका छन । नेपाल पोल्ट्री व्यवसायी महासंघले बन्दाबन्दी सुरु भएको दुई सातापछि कृषि तथा पशुपन्छी मन्त्रालयमा राहतको माग गर्दै पेश गरेको ज्ञापनपत्रमा दैनिक २२ करोड रुपैयाँ नोक्सान हुने गरेको उल्लेख छ ।


सोही हिसाबले बन्दाबन्दीका ९० दिनमा भएको नोक्सान रकम १९ अर्ब ८० करोड रुपैयाँ हुने दखिएको छ । पोल्ट्री महासंघले बन्दाबन्दी लागु हुँदाका बखत नेपालमा तीन करोड ५० लाख ब्रोइलर, एक करोड ४५ लाख लेयर्स र ६२ लाख ५० हजार प्यारेन्ट कुखुरा रहेको जनाएको छ । महासंघका अनुसार तीन महिनाअघि दैनिक उत्पादन मासु ९ लाख ५० हजार किलो, अण्डा ५० लाख गोटा र चल्ला सात लाख १४ हजार वटा र दाना तीन हजार पाँच सय मेट्रिक टन थियो । बन्दाबन्दीकै कारण सबैखाले पोल्ट्री उत्पादनमा ठूलो गिरावट आउँदा दैनिक २२ करोड रुपैयाँ नोक्सान भइरहेको महासंघको दाबी छ । यता बन्दाबन्दीको सोही अवधिमा चितवनमा मात्र चार अर्ब २० करोड रुपैयाँ नोक्सान भएको त्यहाँका पोल्ट्री व्यवसायीहरुले दाबी गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष ऋषिराम पौडेलका अनुसार दैनिक उत्पादन मासु एक लाख किलो र अण्डा १५ लाख गोटा रहेको छ ।

