FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नगरपालिकाले १२ वटै वडामा एक घर, एक बिरुवा रोपण अभियान सुरू

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    Post Thumbnail

    मोरङको सुन्दरहरैचा नगरपालिकाले १२ वटै वडामा एक घर, एक बिरुवा रोपण अभियान सुरू गरेको छ । विषादीयुक्त फलफुलको आयातलाई विस्थापन गर्दै अर्गानिक फलफुल उत्पादनमा जोड दिने नगरको योजना छ । विषादीयुक्त फलफुलको आयात रोकी अर्गानिक फलफुल उत्पादनमा जोड दिने उद्देश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी अभियान थालेको वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठको भनाई छ ।

    त्यसै गरि सुन्दरहरैचा वडा ४ लाई हरित नगरका रुपमा विकास गर्नका लागि यस्तो अभियान सुरु गरीएको र वडाको केही बजेट र नगरले उपलब्ध गराएको बिरुवा बितरण गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । बर्षाको समय सुरु भएसंगै किसानहरुको मागअनुसार फलफुलका बिरुवाहरु बितरण गरिएको हो । सुन्दरहरैचा वडाले बिभिन्न प्रजातिका आँप, लिची, मेवा, वाह्रमासे कागती, कटहर लगाएतका बिरुवा निशुल्क उपलब्ध गराएको छ । बजारमा पाउने फलफूलमा बढि मात्रामा बिषाधीको प्रयोग हुने गर्दछ जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पर्ने हुदाँ आफ्नै घरमा फलफुल उत्पादन गरेर खानुपर्ने सुन्दरहरैचा वडा न ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउछन् । यसरी वडाले फलफुलका बिरुवा उपलब्ध गराउदा खुसी लागेको स्थानिय संगिता पौडेल बताउछन् । पैसासँग विष साटेर खाने प्रवृत्तिको अन्त्यका लागि घर, खेतबारीमै अग्र्यानिक फलफुल उत्पादन गर्नुपर्ने कार्यक्रमले थप प्रेरणा र सन्देश समेत दिएको छ । त्यसै गरि वडा कार्यालयले वडावासीको लागी ल्याएको योजना निकै प्रशंसायोग्य भएको भन्दै वडा नं २ का स्थानीय पनि खुसी छन । वडा नं २ का वडा अध्यक्ष डोरिलालले पनि एक घर बिरुवा अरुप १५ सय बिरुवा बितरण गरेको बताउनुहुन्छ । वडाले अगामि आर्थिक वर्षमा एक घर, एक विरुवा लाई थप बजेट विनियोजन गर्ने योजनो बनाएको छ । यसरी १२ वटा वडामा बितरण गरेको फलफुल बिरुवा पाएका नगरबासिले बिरुवा पाएर मात्र हुदैन यसको संरक्षण गर्न उतिकै जरुरी छ भने नगरले गरेको यश किसिमको प्रसंशनिय कामबाट अरु पालिकाले सिक्नु जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित