FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि पेशा अपनाएका युवाहरुको सपना लकडाउनसँगै अस्ताउदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    सरकारले दुई प्रतिशत व्याजमा कृषि कर्जा दिने भनेपनि किसानहरुले पाएका छैन्न । लाखौँ लगानी गरेर कृषि पेशा अपनाएका युवाहरुको सपना भने लकडाउनसँगै अस्ताउने देखिएको छ । कतिपय युवाहरु विदेशवाट दुःख पाएर स्वदेशमै कृषि पेशा लागेका छन् भने कतिपय विदेशमा कमाएमा पैसाले कृषि पेशामा लागेका हुन । तर कतिपय युवाहरुले भने कृषि पेशा सञ्चालनकै लागि १४ देखि २० प्रतिशतसम्म व्याजमा ऋण लिएका छन् ।

    कृषि पेशामै लाग्नुभएका बर्दियास्थित बढैयाताल गाँउपालिका ५ का राजु थारुको पनि कथा उसतै छ । उहाँले ३ बर्ष विदेशमा काम गरी स्वदेश फर्किएसँगै गाउँमा बढैयाताल पशुपन्छी तथा एग्रो फार्म सञ्चालन गर्नुभएको छ । तर अहिलेसम्म उक्त फार्मलाई कुनै पनि निकायबाट अनुदान नपाएको किसान थारुको गुनासो छ । २ वर्ष अघि शुरु गरेको व्यवसायमा सरकारबाट उचित अनुगमन नभए पनि आफु पशुफार्म सञ्चालन गर्न उत्साही भएको किसान थारुले बताउनुभयो । लकडाउन भन्दा पहिला राम्रै अम्दानी गरी रहेको भएपनि लकडाउनपछि समस्या थापिदै गएको उहाँको भनाई छ । पछिल्लो समय पशुलाई खुवाउने दाना तथा घाँसको अभाव हुँदै गरुको छ । सोही कारण दुध उत्पादनमा कमी हुँदै गएको किसान थारुको गुनासो छ । लकडाउनअघि ८० देखि १०० लिटर दुध उत्पादन भैरहेको भएपनि अहिले ६० देखि ७० लिटरमा झरेको छ । यता उत्पादित दुधलाई पनि बजारको अभाव भएको उहाँको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित