- Loading...
नेपालमा बेसारको कच्चा आयतमा बृद्धि
- कृषि टि.भी.
- ३ साल अघि
- २२ पटक पढिएको

पछिल्लो समय बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको विभिन्न तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालले २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा त्यसका कच्चा पदार्थ आयात गरेको छ । स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि २८ करोड रुपैयाँ बराबरको बेसारजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार आयात भएको हो । यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको विभागको तथ्यांक छ । व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकं अनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँभन्दा बढी मूल्यको काँचो बेसार नेपाल भित्रिएको थियो । कोरोना भाइरस संक्रमण बढेसँगै बेसार प्रयोग बढेको छ । यता भारतबाट युरोप र पश्चिम एसियामा बेसार निर्यात बढी हुने गरेको छ । श्वासप्रश्वास प्रणाली स्वस्थ राख्न बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको जनाइएको छ । सामान्य अवस्थाको तुलनामा त्यस्ता स्थानमा भारतबाट निर्यात हुने तरकारी तथा मसलाको माग १५ प्रतिशतले बढ्दा बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

