FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बेलबारी नगरपालिकाले गडयौला मल उत्पादन तथा प्रर्दशन केन्द्र निर्माण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    मोरङको बेलबारी नगरपालिकाले प्राङ्गारिक मलको प्रयोग बढाउन सामुहिक रुपमा गडयौला मल उत्पादन तथा प्रर्दशन केन्द्र निर्माण गरेको छ । रासयनिक मलको प्रयोगले माटोको अम्लियपन बढाउनुका साथै उत्पादनमा समेत असर गर्ने भएपछि अर्गानिक मल उत्पादनमा लागेको नगर प्रमख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । अहिले कृषक समुहमा आबद्ध किसानको सक्रियतामा गड्यौले मल उत्पादन गर्न जोड दिइएको छ ।

    बेलबारीलाई अर्गानिक नगरका रुपमा चिनाउन उत्पादन गृह तथा बिउ गडयौला बितरण गरिएको नगरप्रमुख सुवेदीको भनाई छ । उर्वराशक्ति जोगाई राख्न पनि गड्यौले मल फाइदाजनक मानिएको छ । ३ मिटर लम्बाई, २ मिटर चौडाई भएको उत्पादन गृह बनाएर इज्सीना फोईटीडा जातको बिशेष प्रकृतिको गड्यौलाबाट मल उत्पादन सुरु गरिएको छ । घरबाट निस्कने तरकारीको फोहोर तथा करेसावारीको झारपात खुवाई छोटो समयमै गुणस्तरीय अर्गानिक मल उत्पादन गर्न सकिने बेलबारी नगरपालिकाका कृषि बिकास शाखा प्रमुख बिनोद दाहालको भनाई छ । सोही अनुरुप प्रत्येक वडामा समुहमार्फत गड्यौलापालन गरिएको नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित