- Loading...
कालीकोट जिल्लामा मार्सी धान रोप्ने चटारो
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

कालीकोट जिल्लामा मार्सी धान रोपाइँ सुरु भएको छ । कोरोनाको त्रासले केही समयपछि मार्सी रोपाइँ सुरु भएको हो । वैशाख १५ बाटै रोपाइँ सुरु हुने खेतमा यतिबेला रोपाइँ चलिरहेको छ । वैशाखमा तिलागुफा नगरपालिका ९ को चिल्खाया क्षेत्रमा मात्र मार्सी रोपाइँ भएको थियो ।


अहिले त्यसक्षेत्रमा मार्सी धानको विरुवाले बयली खेलिरहेको छ । यस्तै रास्कोट नगरपालिकाभित्र पनि जेठ १५ बाट रोपाइँ हुने गरेको भएपनि यसवर्ष भने असार लागेसँगै सुरु भएको छ । १५ दिन ढिलो रोपाइँ सुरु भएकाले धान उत्पादनमा केही कमी आउने कृषि शाखाले आशङ्का गरेको छ । अहिले वर्षा पनि सुरु भएकाले जोखिम लिएर रोपाइँ सुरु भएको भएपनि उत्पादनमा कमी हुने अनुमान गरिएको कृषि प्राविधिक गणेश सञ्ज्यालले बताउनुभयो । नगरको लेकाली भेगमा समयमा रोपाइँ नहुँदा धान कम फल्ने प्राविधिक सज्यालको भनाई छ । जिल्ला कृषि ज्ञान केन्द्रका प्राविधिक परशुराम काफ्लेले रोपाइँ ढिलो हुँदा उत्पादन कम हुने निश्चित भएको बताउनुभयो । यता लेकाली क्षेत्रमा उत्पादन कम भएपनि बेँसी क्षेत्रमा भने उत्पादनमा केही असर नपर्ने कृषि प्राविधिकहरुको भनाई छ । जिल्लाका रास्कोट, तिलागुफा र खाँडाचक्र नगरपालिकाको लेकाली क्षेत्रदेखि बेँसी क्षेत्रमा पनि रोपाइँ हुने गरेको छ ।

