FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विराटनगरमै माछाको भुरा उत्पादन गर्ने तयारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३० पटक पढिएको
    Post Thumbnail

    माछा व्यवसायमा आत्मनिर्भर बनाउन विराटनगरमै माछाको भुरा उत्पादन गर्ने तयारी भएको छ । नेपालका विभिन्न स्थानवाट भुरा ल्याएर माछा व्यसायीलाई लकडाउनमा वितरण गर्दै आएको छ । प्रदेश १ का सांसद चुमनारायण तवदारले विराटनगरमा आफ्नै फार्मबणट भुरा उत्पादन गर्न लागेको बताइएको छ ।

    पूर्वका किसानलाई माछापालनमा आत्मनिर्भर बनाउन माछाका भुरा उत्पादन गर्ने तयारीमा जुटेको स्रोतले बताएको छ । किसानलाई आत्मनिर्भर बनाउन प्रत्येक प्रजातिका माछाका भुरा उत्पादन गर्ने तयारी छ । यसअघि भारतबाट भुराको आयात हुँदै आएको थियो । भारतीय माछाको भुरा किसानले पोखरीमा हाल्दा अनुमान गरेजस्तो विकास नहुने समस्या आइरहेका बेला विराटनगरमै माछा ह्याचरी केन्द्र निर्माणको तयारी भएको हो । मोरङको बूढीगंगा गाउँपालिका कोयलपुर ६स्थित करिब ११ बिधा क्षेत्रफलमा उहाँले ५ वर्षदेखि तवदार विराट एग्रिकल्चर कमर्सियल एण्ड वतावरण कम्पनी बनाएर व्यावसायिक माछापालनसँगै बंगुर, बाख्रा तथा कुखुरापालनसहित कागतीको व्यवसायिक खेती गरिएको छ । अहिले नेपालका विभिन्न स्थानबाट समेत प्रत्येक प्रजातिको भुरा ल्याई माउसँगै राखेर किसानलाई स्वदेशी भुरा उपल्बध गराउँदै आएको छ । पशुपन्छी तथा कृषि निर्देशनालयको सहयोगमा निर्माण गर्न लागेको केन्द्रमा माउबाट भुरा उत्पादन गरी प्रदेश १ का इच्छुक किसानलाई सहज दरमा दिने योजना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित