FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हुम्लाको रैथाने बाली चिनु धान जोगाउन स्थानीयको चासो

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    हुम्लाको मुख्य रैथाने बालीको रुपमा परिचित चिनु धान उत्पादनलाई किसानहरुले जोड दिएका छन । उक्त धान हरेक वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा चिनुको खेती गरिँदै आएको छ । प्रत्येक वर्ष हुम्लीहरुले १८१ मेट्रिकटन चिनु उत्पादन गर्दै आएको कृषि विकास कार्यालय हुम्लाले जानकारी दिएको छ ।

    चिनुको स्थानीय बजार मुल्य प्रतिक्वीन्टल १० हजार रहेको जिल्ला कृषि कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झाले बताउनुभयो । चिनुको चामलबाट पोषणयुक्त खानाको परिकारका साथै विभिन्न प्रकारका खानपान हुँने गरेको नाम्खा गाउँपालिका–३ का स्थानीय कुसाङ्ग लामाले जानकारी दिनुभयो । जिल्लामा रातो कपडे, दुधे, कालोभाङग्रे, तिनमासे जस्ता विभिन्न प्रकारका चिनुबाली उत्पादन हुने गरेको छ । जिल्लाका सात वटै स्थानीय तहमा उत्पादन हुने चिनुलाई अन्नबालीको रुपमा मात्र प्रयोग नभई गे्रनथेरापीको एक उत्कृष्ट र अब्बल बालीको रुपमा परिचित छ । तर बहुउपयोगी रैथाने बालीको रुपमा रहेको चिनुलाई संरक्षण र सम्बद्र्धन गर्न नसककोे कृषि विज्ञहरुको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित