FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाल्पामा मौरीपालनको व्यवसाय विस्तार तथा प्रवद्र्धधन कार्यक्रम लागु

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर त्यसको विस्तार र प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक किसानलाई अनुदान कार्यक्रम समेत ल्याएको छ । जिल्लामा गतवर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ ।

    केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको छ । मणि मौरीपालन पकेट समितिले गतवर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार २०० मौरी घारमा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा स्थानीय २३ घरका किसान आबद्ध भएका छन् । त्यसमध्ये कम्तिमा एक घरले ५० देखि बढीमा १५० सम्म घारमा मौरीपालन गरेका छन् । चालू आर्थिक वर्षमा केन्द्र र पकेट समितिको समन्वयमा २१ लाख ५०० रुपैयाँको लागतमा ३३३ खाली मौरीघार तथा मौरीजन्य सामाग्री तथा औषधि किसानलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारी बताउनुभयो । पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत गतवर्ष १०० मौरीघार ज्ञान केन्द्रले उपलब्ध गराएको थियो । पछिल्लो समय मौरीपालनबाट सोही क्षेत्रका किसानको आयस्रोतसमेत बढ्दै गएको छ । तर मौरीघार र महको माग अत्यधिक रुपमा बढेपनि अहिले परिस्थिति सहज नहुँदा बिक्रीमा समस्या देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित