FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुपा गाउँपालिकाले कृषिका लागि १ करोड १६ लाख रुपैयाँ विनियोजन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    कास्कीको रुपा गाउँपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक वर्ष ०७७÷७८ लाई कृषि वर्षको रुपमा मनाउने भएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिका लागि १ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ । विदेशिएका युवाहरु गाउँ फर्किदै गरेको अवस्थामा, कृषिलाई आधुनिकिकरण गर्दै युवा पुस्तालाई कृषिकर्मप्रति प्रेरित गर्ने योजनासमेत अघि सारेको छ ।

    त्यसका लागि सहुलीयतपूर्ण कर्जासमेत उपलब्ध गर्ने उल्लेख गरेको छ । गाउँमा उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण गर्ने दायित्व र जिम्मेवारीसमेत पालिकाले नै लिने भन्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कृषि एम्बुलेन्सको व्यवस्था गर्ने घोषणा गर्नुभयो । गाउँमा उत्पादित कृषिउपज बजारीकरण गर्न एम्बुलेन्सले सहज हुने बताइएको छ । यस्तै किसानलाई समस्यामुक्त गराउन उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने बताइएको छ । ताजा तरकारी, विरुवा तथा फलफूल उत्पादनका लागि १ वडा १ नर्सरी स्थापनालाई पनि विशेष जोड दिइएको छ । आधुनिक खेती प्रविधिमा जोड दिदै जग्गा चक्लाबन्दी गरि नयाँ प्रबिधीको भौगोलिक बनावट अनुसारका हाते ट्याक्टर, थ्रेसर तथा मकै छोडाउने मेशिन लगायतका यान्त्रीकिकरणलाई पनि प्राथमिक्तल दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै साना किसानलाई उत्पादनमा संलग्न गराई १ घर १ करेसाबारी निर्माणको योजनासमेत ल्याइएको छ । यता पालिकाभित्र रहेका बाँझो जमिनलाई ब्यवस्थापन गर्न भूमी बैंकमार्फत जग्गा ब्यवस्थापन गरी लिजमा लगाइनेसमेत ब्यवस्था मिलाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित