FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जु्म्लाका किसानलाई भेडाको थुमा वितरण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    जु्म्लाका किसानले पुर्खौउली सम्पत्तिकै रूपमा भेडापालन गरेका छन् । उनीहरुले नत बिमा नै गरेका छन, नत कसैले उन्नत जातका भेडा उत्पादनमा ध्यान दिएका छन् । परम्परागत रूपमै स्थानीय जातका भेडापालनबाटै किसानले राम्रो आम्दानी लिनसमेत सकेका छैनन् । स्थानीय सरकारका नीति कार्यक्रममा उन्नत जातका भेडा उत्पादनमा जोड दिने भनिएपनि अधिकांश स्थानीय किसान अनुदानको पहुँचमा पुग्न सकेका छैनन् ।

    यता तातोपानी गाउँपालिकाको पशु शाखाले भने वर्षौंदेखि भेडापालन गरिरहेका तर सरकारी सेवाबाट बञ्चित ४ जना किसानलाई थुमा वितरण गरेको छ । गाउँपालिकाको वार्ड नं.२ का रण बूढा, ३ का दिपबहादुर रावल, ५ का धर्म बोहोरा र ८ का पदम शाहीलाई बरुवल जातका ४ वटा थुमा वितरण गरेको पशुशेवा कार्यक्रम संयोजक विष्णु रावलले जानकारी दिनुभयो । स्थानीय जातका भेडामा क्रस गरी उन्नत जातका भेडा उत्पादन गरी किसानको आयआर्जनमा टेवा पुर्याउने पालिकाको योजना छ । ४ जना किसानलाई मात्र थुमा वितरण गरिएपनि आवश्यकता अनुसार गाउँभरिका अन्य भेडापालक किसानले पनि त्रस गराउन सक्ने व्यवस्था मिलाएको छ । नस्ल सुधारका लागि गुठीचौरस्थित भेडा फार्मबाट बरुवल जातका थुमा ल्याई वितरण गरेका हो । पशुसेवा शाखा सहायक हरिबहादुर रावलका अनुसार करिब ५७ हजार २ सयको लागतमा खरिद गरिएको थुमा किसानलाई निःशुल्क दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित