FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याङजाका स्थानीय घरेलु जडिबुटी संकलनमा जुट्दै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३४ पटक पढिएको
    Post Thumbnail

    कोभिड १९ को सन्त्रासले विश्वको ध्यान केन्द्रित भइरहेका बेला स्याङजास्थित गल्याङ न.पा २ बटुवाका स्थानीय घरेलु जडिबुटी संकलनमा जुटेका छन । तर विश्व बजारमा विभिन्न रोग निधानको औषधी भएपनि कोभिड १९ को भने अझै औषधी पत्ता लगाउन सकेका छैनन ।

    बिभिन्न देशहरुमा कोभिड १९ को औषधी पत्ता लागेको समाचार संचार माध्यममा आईरहे पनि त्यसको आधिकारिक पुष्टि भएका छैनन । विश्वले अध्ययन गरेका त्यस्ता औषधी परिक्षणकै रुपमा रहेका बेला गल्याङ न.पा. २ बटुवा स्याङजाकी बिमला भण्डारीले नियमित गुर्जोको सेवनले कोरोना नलाग्ने बताउनुभयो । गाउँघरमा प्रसस्तै मात्रामा पाईने र्गुर्जोलाई टुक्राटुक्रा पारी पिसेर धुलो बनाई दिनमा ५ ग्रामको मात्रा मिलाई सेवन गर्दा कोरना लगायत हाडर्जोनी, नसारोग, मदुमेह, सुगरजस्ता रोग निको हुने स्थानीय भण्डारीले बताउनुभयो । गाउघरमा सितलहरी भनेर चिनीने गुर्जो पछिल्लो समय घरघरमा रोप्न थालिएको छ । बिगत १० बर्षअघि सामाजिक परिचालक, सरल थोपा सिचाईको रुपमा बिभिन्न ५ गाबिसमा काम गर्नुभएकी भण्डारी लकडाउन यता गाउँमा विभिन्न जनचेतनामुलक काम गरिरहनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित