FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिक्टा सिचाई आयोजनाको काम सकिन ४० प्रतिशत बाँकी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    झन्दै ३१ अर्बको लगानीमा निर्माण हुन लागेको सिक्टा सिचाई आयोजना नेपालकै ठुलो गौरबको आयोजना मानिएको छ । तर नहरको काम ४० प्रतिशत सकिन बाँकी रहँदा अनेकौ चुनौती थपिएका छन् । सिक्टा सिचाई आयोजनाको काम ४५ किलोमिटर निर्माण भैसकेको छ । त्यससँगै अझै केहि ठाँउहरुमा निर्माण कार्य भइरहेका छन् । सोही नहर जंगलको बाटो भएर गएको हँुदा आयोजना निर्माणमा चुनौतीको चाङ देखिएका छन ।

    नहरको पुलमा लगाएका रेलीङ अन्तर्गत फलामका पाईपहरु चोरी हुन थालेका छन् भने नहरमै नुहाउने र माछा मार्ने प्रयोजनका लागि पानी अन्यथा खोलिदिने समेत गरेको पाईएको छ । नहर निर्माण क्षेत्रमा घुलनसिल माटो भएकाले पानी रोक्न बनाएका स्ल्यापहरु माटोमा भासिने गरेकाले थप चुनौती भएको बाँके सिक्टा सिचाई आयोजनाका प्रमुख लोकबहादुर थापाले बताउनुभयो । कुनै पनि संरचना निर्माण गर्दा सामान्य समस्या हुनु स्वाभाविक हो । तर त्यस्ता समस्यालाई हल गर्दै जानु जरुरी छ । सिक्टाको नहरमा खास गरी घुलनसिल माटो भएकाले पनि नहरको संरचना भत्किने गरेको देखिएको छ । यता जंगलको बाटो भएकै कारण पनि पानी खेतसम्म पुर्याउन असहज भएको बताइएको छ । तर त्यस्ता समस्यालाई समाधान गर्दै नहरमा पानी ल्याउन सफल भएको सोही आयोजनाका ईन्जिनियर नरेस पाण्डेले बताउनुभयो । सिक्टा सिचाईको मुल शाखाको रुपमा रहेको डुडुवा नहरमा भएको अव्यवस्थित पुल निर्माण र ढल निकास बनाइएपछि खेतमा पानी पुर्याउनसमेत समस्या देखिएको छ । उक्त कार्य रोक्न आयोजनाले आग्रह गरेपनि स्थानीय निकाय भने मौन बसेका छन् । तर नहरको किनारामा रोपिएको फुलले पानीको वाहवसँगै उद्योगहरुबाट निस्केका फोहोर खेतमा पुग्दा त्यसको प्रत्यक्ष असर किसानहरुमा परेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित