- Loading...
सामाजिक र भौतिक दुरी कायम गर्दै १७ औं राष्ट्रिय धान दिवस मनाउने तयारी
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

सरकारले असार १५ गते १७ औं राष्ट्रिय धान दिवस मनाउने भएको छ । यसअघिका वर्षहरुमा झै यसवर्ष पनि सामाजिक र भौतिक दुरी कायम गर्दै धान दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ । यसवर्ष कोरोना भाइरसकोे प्रभावले विश्वभर गरेको क्षतिसँगै कृषि क्षेत्रमा पनि त्यसले प्रत्यक्ष प्रभाव परेको छ । उक्त भाइरसकै कारण नेपाली अर्थतन्त्रको मुख्य आधार कृषि क्षेत्रमा पनि असर परेको कृषि क्षेत्रका विज्ञहरुले बताएका छन ।


तर सोही महामारीकै बीच पनि यसवर्ष कृषि अनुसन्धान परिषद्को कार्यालय परिसर लतिपिुरको खुमलटारमा धान दिवश मनाउने तयारी भएको छ । उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताउनुभयो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सामाजिक र भौतिक दुरी कायम गर्दै उक्त दिवस मनाउन लागेको विभागका महानिर्देशक पाण्डेले जानकारी दिनुभयो । यसवर्ष समयमै मनसुन शुरु भएकाले गतवर्षको तुलनामा असार १० गतअघि ८ दशमलव ४१ प्रतिशत बढी क्षेत्रमा धान रोपाईं सकिएको विभागले जनाएको छ । यस्तै अहिलेसम्म दुई लाख ७५ हजार २९ हेक्टरमा धान रोपाइँ सकिएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालको मौसमअनुसार वर्षे, चैते, घैया र हिउदे धानको रुपमा खेती गरिदै आएको छ । कृषि तथा पशुपंछी मन्त्रालयका अनुसर नेपालको कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धानखेती हुने गरेको छ । मुलुकको कुल ग्राहस्त उत्पादनमा २६ दशमलव ५ प्रतिशत अंशमध्ये कृषि क्षेत्रको धानबालीमा मात्रै कुल ग्राहस्थ उत्पादन १५ दशमलव ३५ प्रतिशत रहेको छ ।

