FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असार महिना लागेसँगै बाँकेमा रोपाई गर्न शुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    बाँकेका किसानले साउन महिनामा लगाउदै आएकोे धानबाली यसबर्ष भने असार महिना लागेसँगै रोपाई गर्न शुरु गरेका छन् । गत जेठबाटै मनसुन शुरु भएपछि धानको बिउ राखेका किसानले यसवर्ष असार महिनामै धान रोपाई शुरु गरेका हुन् । पश्मि तराईका किसानहरुले आकाशे पानीको भरमा असार महिनामा धानको बिउ छर्ने र साउन महिनामा धान रोपाई गर्ने गरेका छन । तर यसबर्ष आकाशे पानी जेठ महिनाबाटै परेकाले समयमै बिउ राखेका किसानले असार शुरु भएसँगै रोपाई शुरु गरेका छन् ।

    कतिपय किसानले आकाशे पानी र बोरिङ्गको पानीको सहायताले रोपाई गरेका छन् । यसअघि आकाशे पानीको भरमा खेती गर्दा रोपाई ढिला हुने र उत्पादनमा कमी आउने गरेको थियो । तर यसबर्ष समयमै रोपाई भएकाले उत्पादनमा समेत बृद्धि हुने र धान रोप्नुअघि त्यसको मुल्य निर्धारणले आफुहरु खुशी भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० का किसान रंजिता रानामगरले बताउनुभयो । यता धान रोप्नुअघि तोकिएको समर्थन मुल्यले उत्पादनका बेलासम्ममा मुल्य घटबढ हुन सक्ने कतिपय किसानहरुले विश्लेषण गर्न थालेका छन । बदलिदो राजनीतिसँगै लगानी अनुसार धानको मुल्य पनि नपाउने होकी भन्ने साना किसानहरुले आशंका गरेका छन । तर समयमै पानी परेकाले यसबर्ष १ विगहा १० कट्ठामा खेती गरी ६० क्वीन्टल धान उत्पादन गर्ने लक्ष्य राखेको सोही वडाका किसान निर्मला सापकोटाले बताउनुभयो । यस्तै सोही वडाका स्थानीय कर्ण बिकले पनि जेठको दोस्रो साता धानको ब्याड राखेर असार पहिलो सातादेखि रोपाई शुरु गर्नुभएको छ । गतबर्ष भन्दा पहिल्यै बर्षात भएकाले पनि यसवर्ष समयमै रोपाई शुरु भएको उहाँको भनाई छ । बिउ खरिदमा मात्रै ७ हजार लगानी भएको र उत्पादन हुदाँसम्म ३० हजार लगानी हुने किसान बिकले बताउनुभयो । तर एक विगाहा खेतमा प्रतिकट्ठा ४ क्वीन्टलका दरले उत्पादन भए मात्र आम्दानी हुने उहाँको भनाई छ । अहिलेसम्म बाँकेका २० प्रतिशत खेतमा किसानहरुले धान रोपिसकेका छन् । अघिल्ला बर्षहरुको तुलनामा यसवर्ष छिटो रोपाई शुरु भएकाले जिल्लाका अधिकांश किसानहरुमा उत्साह थपिएको छ । तर रोपाईसँगै हौसिएका उनीहरुमा, आवश्यक रासयनिक मल नपाउँदा, उत्पादनमा समेत उत्तिकै चुनौति देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित