FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउन त्यस्ता यन्त्रले धेरै सहयोग पुग्ने गरेको कैलालीका स्थानीयले बताएका छन् । किसानले सबैभन्दा बढी पावर टिलरको प्रयोग गर्दै आएका छन् ।

    पावर टिलरले खनजोतको काम गर्न सजिलो भएको कैलारी गाउँपालिकास्थित रामपुरका किसान खुशीराम चौधरीको भनाई छ । कृषि यन्त्रले रोपाइँमा समेत धेरै सहयोग पुगेको बताइएको छ । यता मुलुकभरका किसानलाई अहिले रोपाइँको चटारो छ । उनीहरु खेतीपातीको काममा व्यस्त भएसँगै खेतमा पावर टिलरको प्रयोग बढ्दै गएको पाइएको छ । कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीनै तहका सरकारले कृषि कार्यमा आधुनिक उपकरणको प्रयोगलाई बढावा दिदैं आएका छन् । आधुनिक यन्त्र उपकरणको प्रयोगले पनि उत्पादनमा वृद्धि हुने बताइएको छ । यस्तै कृषिमा यान्त्रिकीकरणका लागि स्थानीय र प्रदेश सरकारले किसानलाई अनुदानमा त्यस्ता उपकरण पनि उपलब्ध गराउँदै आएका छन् । कृषिमा यान्त्रिक उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित