FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दूध पाउडर र मख्खन बिक्री नहुँदा संस्थानलाई अरबौ घाटा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण बिक्री ठप्प भएपछि दुग्ध विकास संस्थानको विराटनगरस्थित कार्यालयमा अरबौ मुल्यका पाउडर दूध र मख्खन रोकिएको छ । कार्यालयले दुई महिनादेखि किसानलाई दूधको भुक्तानीसमेत दिन सकेको छैन । भुक्तानी दिनुपर्ने रकम करिब ६ करोड पुगिसकेको छ । दूध र त्यसबाट बनेका सामान बिक्री नभएपछि संस्थानले दुई महिनायता किसानलाई भुक्तानी दिन नसकेको बताएको छ ।

    दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख गणेश यादवका अनुसार विराटनगरमा हेटौंडादेखि बुटवलसम्मको दूध संकलन हुने गरेको छ । तर पछिल्लो समय दूधको संकलन बढेपनि बिक्रीवितरण घट्दै जाँदा पाउडर र मख्खन बनाई गोदाममा थन्क्याउनु परेको आयोजनाले बताएको छ । संस्थानको गोदाममा अहिले ९ सय मेट्रिकटन पाउडर दूध र ७ मेट्रिकटन मख्खन रहेको छ । लकडाउनका कारण बिहे, व्रतबन्ध र अन्य धार्मिक कार्यक्रम नहुँदा पनि दूधको बिक्री घटेको हो । आयोजना प्रमुख यादवका अनुसार बन्दाबन्दीका बेला किसान संस्थानमै निर्भर रहँदा सोही आयोजनाले मात्रै दैनिक ७० हजार लिटरसम्म दूध किन्नुपरेको छ । आयोजनासँग १ सय ३० सहकारीमार्फत १९ हजार किसान आबद्ध छन् । प्रदेश १ मा दूधको उत्पादन बढेसँगै निजी डेरी पनि प्रशस्त खुलेका छन । तर पाँचथर, इलाम, तेह्रथुम र धनकुटासम्मका किसानको दूध आयोजनाले नै खरिद गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित