FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याउ नफलेपछि सिमकोटका किसान चिन्तित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    बारीमा लटरम्म फल्नुपर्ने स्याउ नफलेपछि यसवर्ष सिमकोटका किसान चिन्तित भएका छन् ।
    स्याउका बोटमा दाना लाग्न थालेका बेला गबारो कीरा लागेपछि किसान चिन्तित भएका हुन् । बारीमा ३५० बोट लगाउनु भएका सिमकोट गाउँपालिका ४ का अगुवा किसान जङ्गबहादुर शाहीले उत्पादन राम्रो नभएको जानकारी दिनुभयो । स्याउबाट राम्रो कमाइ गर्नुहुने शाहीले अमिलो स्वादकाबाहेक अन्य बोटमा दाना शुन्यजस्तै भएकोे बताउनुभयो । स्याउबाट वार्षिक पाँचदेखि सात लाख कमाइ गर्ने शाहीलाई यसवर्ष कमाई नहुने चिन्ताले सताएको छ ।

    यता सिमकोट ६ का शक्तिसिंह रावतको बगैचाका प्रत्येक बोटमा पनि दाना नलागेको र बोटमा कीरा मात्र देखिएको उहाँले बताउनुभयो । सिजनमा राम्रोसँग फुलेका बोटमा राम्रो उत्पादन हुने विश्वास लिनुभएका शाही र रावतले अहिले बगैचा खाली देख्नुपरेको छ । स्याउमा देखिएको प्रकोप नियन्त्रण गर्न गाउँपालिका र कृषि विकास कार्यालयमा खबर गरेपनि कुनै सुनुवाई नभएको स्थानीयले बताएका छन । तर उक्त समस्याबाट हुम्लाका किसान मारमा परेका छन । जिल्लाभरिका स्याउमा जालो लगाउने कीरा लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताउनुभयो । हुम्लाका ५४० हेक्टर जमिनमा रेड, गोल्डेन डेलिसिय, चक्लेटी र जोनाथन जातका स्याउ खेती गरिदै आएको कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित