- Loading...
सुन्दरहरैंचा नगरपालिकाले सवा अर्व बढीको बजेट सार्वजनिक
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

मोरङको सुन्दरहरैंचा नगरपालिकाले सवा अर्व बढीको बजेट सार्वजनिक गर्दै छैठौ नगरसभा सपन्न गरेको छ । आगामी आर्थिक वर्ष ०७७÷०७८ का लागि बजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक निर्माणलाई प्राथमिकता दिने जनाएको छ । सुन्दरहरैंचा बिकासको बगैचा बिकासको आधार कृषि पर्यटन र पूर्वाधार नारासंगै मोरंगको सुन्दरहरैंचा नगरपालिकाको छैठौ नगर सभा बुधबार सपन्न भयो । सञ्चित कोषबाट ९६ करोड २७ लाख ९७ हजार २८० र अन्तर सरकारी अख्तियारीबाट रु. २३ लाख ५८ हजार ८ सय गरी १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैयाँको बजेट ल्याएको हो ।


नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा भएको छैटौँ नगरसभमा उपप्रमुख धनमाया तमाङ्गले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । बजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक निर्माणलाई प्राथमिकता दिएको छ । नगर क्षेत्र भित्रका सडकहरूको नगर स्तरीय यातायात गुरु योजना तयार गरी अघि बढ्ने, सडक बिस्तार गर्दा पानीको श्रोत, बनजंगल, प्रकृति स्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी डिजाइन गर्ने, कृषकहरूको जीवनस्तरमा सुधार ल्याई नगरको आर्थिक समृद्धिमा कृषि पेसालाई जोड्ने, अपाङ्ग, बाल, लैगिक, बातावरणमैत्री साथै जेष्ठ नागरिक मैत्री नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरलाई मौरीको महमा आत्मनिर्भर बनाउन एक घर एक मौरी घारको नीति अवलम्बन गरेको छ । कृषि पेशाको सम्मान किसानलाई अनुदानै अनुदान भन्ने नारालाई स्थापित गर्न आधुनिक कृषि प्रणालीमार्फत उत्पादनमूलक रुपमा संलग्न किसानहरुलाई कृषि उपजमा अनुदान दिई उत्पादनमूलक कार्यको लागि प्रोत्साहन गरिने छ । उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्तरगत कृषि, पशुजन्य उत्पादनलाई जोड दिने अवलम्बन गरिने र लघु उद्यमको विकासको माध्यमबाट गरिबी निवारण गर्न निजी क्षेत्र समेतको सहभागितामा लघुउद्यम कार्यक्रम संचालनमा जोड दिने नीति अघि ले आएको छ । कोभिड १९ को व्यापकले सिर्जना हुन सक्ने परिस्थितिको आंकलन गरी क्वारेनटिन व्यवस्थापन, राहत वितरण, सचेतना कार्यक्रम, सूचना तथा सम्प्रेषण, उपचार तथा नियन्त्रणमा आवश्यक बजेट व्यवस्थापन गर्ने उल्लेख छ । वातावरण तथा बिपद व्यवस्थापन सम्बन्धी नीति, संस्थागत विकास, सेवा प्रवाह र सुशासन नीति, सामाजिक विकास सम्बन्धी नीति लगायत कार्यक्रम समेटिएको छ ।

नगरप्रमुख उज्यालो सुन्दरहरैंचा कार्यक्रम,उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्तरगत कृषि, पशुजन्य उत्पादनलाई जोड दिने अवलम्बन गरिनेछ । त्यसैगरी बृद्धाबन गौशाला धार्मिक पर्यटकीय क्षेत्रलाई नेपालकै नमुना धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न विश्वकै अग्लो गाईको मूर्ति निर्माण, प्राकृतिक पर्यटकीय आर्कषणको रुपमा रहेका बाघझोडा र हसिना सिमसार क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न सार्वजनिक, निजी साझेदारीको अवधारणा अनुरुप विकास गर्दै लगिने छ । कालीखोला, किचकगढी, ग्रामथान, ६ पोखरी पार्क, अमलाटार, शेषनारायण दिव्यधाम, भुल्के जलाधार क्षेत्र, बासुकी जलाधार क्षेत्र लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटकीय पूर्वाधार विकासकामा जोड दिने नीतिलाई निरन्तरता दिईएको छ । कृषिलाई व्यवसायिकरण गर्नका लागि हाईटेक नर्सरीको स्थापना गरिनुका साथै टनेल तथा थोपा सिचाँई जस्ता प्रविधिहरुको विस्तार गरिने छ । कृषि उपजमा किटनाशक औषधिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक विषादी र प्राङगारिक मलको प्रयोग गरी आर्गानिक उत्पादनमा बढावा दिईने छ । प्रथम नगरसभाले लिएको एक वडा एक उत्पादन (इध्इए) सम्बन्धि नीतिलाई निरन्तरता दिन जमिनको उत्पादकत्व र भूमिको प्रकारको आधारमा हरेक वडामा कृषि पकेट क्षेत्रका कार्यक्रमहरु सञ्चालन गरीने छ । घरै बसीँ कमाईन्छ नोट, करेसाबारीमा रोपौँ कागती र खोर्सानीेको बोट भन्ने नारालाई सार्थक बनाउन उपयुक्त वडाको छनौट गरि कागती र खोर्सानी खेतीको थालनी गरिने छ । साथै एभोकार्डो र ड्राईगनफ्रुटस खेती व्यापक रुपमा गरिने छ । स्थानीय प्रजातिका धान, मकै, कोदो, कोसेवाली लगायतका अन्नहरुको संरक्षणको लागि स्थानीय बीउ संरक्षण र विकास गर्ने गरी बीउ बैंकको स्थापना गर्ने नीति अवलम्वन गरिने छ । खुला तथा अनियन्त्रित रुपमा छाडिएका चौपायाको व्यवस्थापन गर्नका लागि हाल मौजुदा कान्जिहाउसलाई थप व्यवस्थित बनाउँदै लगिनेछ । प्रांगारिक खेतीका लागि सम्भावित क्षेत्रहरुको पहिचान सगैँ उत्पादन र उत्पादकत्व वृद्धि गर्न नगर क्षेत्रभित्र उत्पादित प्रांगारिक वस्तुको ब्रान्ड प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने नीति अवलम्बन गरिनेछ ।

