FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मोरङको कानेपोखरी १ होक्लाबारीका किसानलाई मौरीसहित घार बितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारीका किसानलाई मौरीसहित घार बितरण गरिएको छ । जिल्लाकै सबैभन्दा बढी मह उत्पादन क्षेत्रको रुपमा परिचित त्यस क्षेत्रका मौरीपालन कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा मौरी तथा आवश्यक सामाग्री वितरण गरेको हो ।

    मोरङ जिल्लाकै सबैभन्दा धेरै तोरि र मह उत्पादन गर्ने क्षेत्र कानेपोखरी गाउँपालिका १ को होक्लाबारी । यहाँका धेरै किसान मौरी ब्यबसायमा आकर्षित छन । मौरी चरण क्षेत्रको राम्रो पकेट एरिया रहेको सो क्षेत्रमा सुनसरी र झापादेखि मौरी चराउन आउछन । होक्लाबरीले बार्षिक ३५ टन मह उत्पादन गरेर मोरङदेखि काठमाडौसम्म बिक्री गर्न पुग्ने गरेको छ । दैनिक गरौं मह सेवन, हुन्छ स्वस्थ्य दिर्घ जीवन भन्ने नाराका साथ पुर्णिामा मौरीपालन सहकारी संस्था लि.को मौरी ब्ल्क कार्यक्रम अन्तरगत अनुदान सामाग्री बितरण गरेको छ । होक्लाबारीका किसानले गरेको अर्गानिक मह उत्पादनले आर्थिक जिवनस्तरदेखि राज्यको अर्थतन्त्रमा समेट टेवा दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ब्यबसायिक कृषि उत्पादन केन्द्र मौरी बल्क संचालक समितिले पुर्णिामा मौरीपालन सहकारी संस्था, देवि कृषि मौरी फर्म, सृजनशिल कृषि समुहलाई ५० प्रतिशत अनुदानमा खाली घार, मौरीको गोला, स्टेन, आधार चाका लगायत आवश्यक सामाग्री खरिद गरि बितरण गरेको हो ।

    स्थानिय मौरिपालन किसान चन्द्रबहादुर बानियाले एक घार मौरीपालनबाट सुरु गरेको व्यवसाय अहिले २७ घारसम्म पर्याउका छन । उहाँ मौरीपालनबाट आफू सन्तुष्ट रहेको बताउछन । बिहीवार औपचारिक कार्यक्रम गरि कृषक समुहलाई खाली घार २८० र मौरी गोलासहित २७५ वटा बितरण गरेको थियो । प्रदेश सांसद लिला बलभ अधिकारी, कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, मोरङ सुनसरी ज्ञान केन्द्रका प्रमुख मुनुलाल उराँव लगायतको उपस्थितिमा मौरीपालनका लागि आवश्यक सामाग्री बितरण सार्वजनिक सुनुवाई गरिएको थियो । अनुदानको नाममा राज्य कोषको रकम दुरुपयोग भएको भन्दै प्रदेश सांसद लिलबल्भ अधिकारीले अब कृषकको उत्पादनका अधारमा अनुदान दिनुपर्ने बताउनुभयो । नेपाल मौरिपालन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका मौरी बल्क संचालक संयोजक जानुका थापा पनि व्यवसायिक मौरीपालक हुन । मौरिको कार्यक्रम सुक्खा याममा गर्नुपर्ने तर सरकारको नीति तथा कार्यक्रम अनुरुप बर्खायाम सुरु भएपछि लागु भएको उहाँको गुनासो छ । यो क्षेत्रका मौरीपालन किसानलाई राज्यले अझै हेर्न सके यहाँ व्यावसायिक मौरीपालन किसानको अनुहारमा हसिलो छाउने थियो । सरकारले यो क्षेत्रका मौरिपालन किसानको लागि अझै प्रशोधन र प्याकेजिङका काम र बजार ब्यबस्थापन गर्न जरुरी देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित