FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    असारको दोस्रो साता लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मलविहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार उपलब्ध गराउन नसक्दा यसवर्ष शुरुबाटै मल अभाव भएको हो ।

    सरकारले टेन्डर प्रकृयाबाट मल खरिद गरेको भएपनि समयमा आयात हुन नसक्दा अभाव देखिएको साल्ट टे«डिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले बताउनुभयो । प्रवक्ता राजभण्डारीले अहिलेको समयमा माग बढ्ने कुरालाई ध्यानमा राखी, समयमै एलसी खोलिएको भएपनि कोभिड १९ को महामारीका कारण मल आउन नसकेको जानकारी दिनुभयोे । यता लेवरको अभावमा लोड गर्न समस्या भएपछि अढाई महिनादेखि मल आएर भारतको कोलकत्तामा थन्किएको छ । प्रवक्ता राजभण्डारीका अनुसार सप्लायर्सले साल्ट ट्रेडिङमार्फत २१ हजार ५ सय टन युरिया आउनुपर्ने भएपनि कहाँबाट ल्याउने भन्ने अझै टुंगो नलागेको बताइएको छ । ओमनबाट आउन अझ बढि समय लाग्ने भएपछि सप्लायर्सले अन्यत्रका लागि गुजरात बन्दरगाहबाट ल्याएको मल उपलब्ध गराउन सक्ने जानकारी दिएको छ । मन्त्रालयले त्यसका लागि आवश्यक समन्वय गरिरहेको पनि कर्पोरेसनले जनाएको छ । साल्ट टे«डिङसँग अहिले ५ हजार टन युरिया, ८ हजार टन डिएपी र १ हजार ४ सय टन पोटास मौज्दात रहेको छ । तर समयमा मल आईनपुग्दा किसानले भने मल बिनानै रोपाई गरिरहेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित