FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिरहामा यसवर्ष २० प्रतिशत रोपाइँ सम्पन्न

    • कृषि टि.भी.
    • २ साल अघि
    • ९ पटक पढिएको
    Post Thumbnail

    प्रत्येक वर्षको असार १५ लाई रोपाइँ सुरु हुने दिनका रूपमा लिइन्छ । तर असार १५ आउनुपुर्व नै सिरहामा यसवर्ष २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यसवर्ष जेठको मध्यबाटै वर्षा शुरु भएपछि जिल्लाका किसानले समयमै बिउ उत्पादन गरेका छन । त्यससँगै उनीहरुले असारको पहिलो सातादेखि नै धान रोपाइँ सुरु गरेका छन् । वर्षाले खेतका गरामा पानी पुगेपछि सिरहाका किसानलाई अहिले धान खेतीको चटारो छ ।

    विगतका वर्षहरुमा वर्षाको अभावमा समयमा रोपाइँ गर्न नपाउने किसानले यसवर्ष समयमै रोपाई गरेका हुन । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले सिरहाको २० प्रतिशत भूभागमा अहिले धानको रोपाइँ भइसकेको जानकारी दिनुभएको छ । सामान्यतया असार १५ पछि रोपाइँ सुरु हुने त्यस क्षेत्रमा पानी पर्ने बित्तिकै किसानले रोपाई गरेको केन्द्रका प्रमुख यादवको भनाई छ । जिल्लाका अधिकांश भागमा सिँचाईको अभाव भएकाले त्यस क्षेत्रका किसान आकाशले पानीको भर पर्दै आएका छन । तर यसवर्ष समयमै वर्षा भएपछि धान लगाइएको स्थानीय किसानहरुको भनाई छ । कुल १ लाख २२ हजार ७९७ हेक्टर भूभाग रहेको जिल्लामा ७३ हजार ९१३ दशमलव ५हेक्टर भूभाग कृषियोग्य छ । त्यसमध्ये ५३ हजार ७ सय ८ हेक्टर भूमिमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । त्यस्तै मौसमले साथ दिइरहे यसवर्ष साउन १५ गतेभित्र शतप्रतिशत खेतमा धान रोपाइँ सम्पन्न हुने केन्द्रका अधिकारीहरुले अनुमान गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित