- Loading...
२००३ सालदेखि निर्माण शुरु भएको डुडुवा नहरबाट कहिले आउला पानी
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

१६ हजार हेक्टर जमिनलाई सिचाई गर्ने उद्देश्य बोकेको सिक्टा सिचाई अन्तरगत पर्ने डुडुवा नहरमा असार लागे पनि पानी आउन सकेको छैन् । ४४ हजार हेक्टर जमिन सिचाई गर्ने क्षमता भएपनि १६ हजार हेक्टर जमिनलाई सिचाई गर्ने जनाएको छ । तर अव्यवस्थित तरीकाले प्रयोग गर्न थालेपछि नहरमा समस्या आएको हो ।


असार लागेसँगै किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । जेठको दोस्रो साताबाटै पानी परेपछि बाँकेका अधिकांश खेतहरुमा रोपाई भैरहेको छ । यसअघि आकाशे पानीको भरमा रोपाई गर्दै आएका जिल्लाका अधिकांश ठाउँमा समयमा पानी नपर्दा खेत बाँझो बस्दै आएका थिए । सोही समस्याको समाधान गर्न भन्दै २००३ सालदेखि निर्माण शुरु भएको डुडुवा नहरबाट जिल्लाका ३ वटा पालिकाहरु सिचाई गर्ने क्षमता रहेको छ । तर अव्यवस्थित बस्ती र ढल निकासका कारण समयमा पानी नआएको बाँकेका स्थानीय किसान राकुमार यादवले बताउनुभयो । खेत सिचाईको लागी पुरैनीमा सिक्टा सिचाई आयोजनाले पुरैनी ताल निर्माण गरेको छ । तर नेपालगन्ज उपमहानगरपालिकाले त्यसलाई सौन्दर्यकरण गरी पार्कको रुपमा स्थापना गर्न लागेपछि किसानहरुले खेतमा सिचाई गर्न नपाउने त्रास भएको उपमहानगरपालिकाका स्थानीय किसान रामदिन कन्दुले बताउनुभयो । उक्त नहरमा स्थानीय ठुला उद्योगले फालेको पानी आएपछि किसानहरुले केही खेतमा रोपाई समेत गरिसकेका छन् । यता नहर अतिक्रमणले समयमा पानी नआउने र आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । धान लगाउने समयमा पानी आए पनि गहुँ लगाउने समयमा नहरमा पानीको समस्या छ । तर यतिबेला नहरमा आएको दुषित पानीले धान खेती लगाए पनि उत्पादन नहुने हो की भन्ने स्थानीयलाई डर देखिको छ ।

