FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बागमती प्रदेशका किसानले दुध उत्पादन करिव ८ करोड अनुदान

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    बागमती प्रदेश अन्र्तगतका ९ जिल्लाका किसानले दुध उत्पादन गरी करोडौ रकम अनुदान पाएका छन । प्रदेशका १ हजार ७ सय ३१ किसानले करिब ८ करोड लिटर दूध उत्पादन गरी ८ करोड बराबरको रकम अनुदान पाएको हो । प्रतिलिटर दूध उत्पादन गरेबापत प्रदेश सरकारको एक रुपैयाँ अनुदान दिने कार्यक्रमबाट १९८ सहकारीमा आबद्ध किसानलाई अनुदान दिइएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि दूध उत्पादनमा आधारित अनुदानका लागि १२ करोड विनियोजन गरिएकोमा सोही बराबरको अनुदान भुक्तानी गरिएको हो ।

    प्रदेश अन्र्तत पर्ने १३ जिल्लामध्ये ९ जिल्लामा रहेका उक्त सहकारीले ७ करोड ८३ लाख १८ हजार ४ सय २२ लिटर दूध उत्पादन गरी सोही परिमाणको अनुदान भुक्तानी गरिएको बागमती प्रदेश पशुपंक्षी तथा मत्य विकास निर्देशनालय हेटौंडाका पशु विकास अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । बागमती प्रदेश दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ अनुसार प्रतिलिटर दूध उत्पादन गरेवापत किसानलाई १ रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरेको छ । अनुदान लिनेमा सबैभन्दा बढी चितवनका ९४ दुग्ध उत्पादक सहकारीले ४ करोड ४५ लाख ६९ हजार २ सय ७४ लिएको छ भने सबैभन्दा कम रामेछापको एक सहकारीले १ लाख १५ हजार ६ सय ५ रुपैयाँ अनुदान लिएको निर्देशनालयका अधिकृत दाहालले बताउनुभयो । यस्तै ललितपुरको २४, सिन्धुलीको एक, सिन्धुपाल्चोकको ४, मकवानपुरको ३९, नुवाकोटको एक, धादिङको २ र काभ्रेपलाञ्चोकको ३२ सहकारीले करोडौं रकम अनुदान लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित