FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सोमबार ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ १७ औं धान दिवस मनाइदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १० पटक पढिएको
    Post Thumbnail

    आज असार १५ गते अर्थात् धान दिवस । नेपालमा २०६१ सालदेखि विभिन्न नाराका साथ धान दिवस मनाइएको छ । कृषिप्रधान देशमा धान दिवस मनाइरहँदा मुलुकमा आयात हुने धान तथा चामलको परिमाण भने बढ्दो क्रममा छ । चालू आर्थिक वर्ष २०७६÷७७ को १० महिनामा २८ अर्ब रूपैयाँ बराबरको ६७ करोड २१ लाख किलो धान तथा चामल आयात भएको छ । त्यसमध्ये ४२ करोड २६ लाख किलो मसिनो तथा मिठो वास्नादार चामल आयात भएको बताइएको छ ।

    सोमबार ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ विभिन्न ठाउँमा १७ औं धान दिवस मनाइरहेको छ । तर उक्त नारा, नारामा मात्रै सीमित भएको पाइएको छ । एकातिर चामल आयात बढिरहेको छ भने अर्कोतिर धान उत्पादन यथावत जस्तै देखिएको छ ।

    कृषि मन्त्रालयको तथ्यांक अनुसार गएको ५ वर्षमा धान उत्पादन १० प्रतिशतले मात्रै बढेको छ । गएको वर्ष नेपालमा ५५ लाख टन धान उत्पादन भएको सरकारी तथ्यांक छ । सोही धानबाट ३३ लाख किलो चामल उत्पादन हुने भएपछि उक्त उत्पादन नेपालको कूल मागभन्दा २ लाख टन न्यून रहेको कृषि मन्त्रालयले बताएको छ । उपभोक्ताको रूची अनुरूपको चामल उत्पादन गर्न नसक्दा चामल आयात उल्लेख्य रूपमा बृद्धि भएको सरकारी अधिकारीहरूले बताउने गरेका छन ।

    तर सोमबार धान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक दीपक भण्डारीले मसिनो धानको बिउ नार्कका वैज्ञानिकले उन्मोचन गरेपनि किसानसम्म नपुग्दा त्यसको उपयोग हुन नसकेको गुनासो गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित