FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुलुकभर सलह फैलिइसक्दा पनि नियन्त्रणमा सरकार उदासिन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    करिब दुई दर्जन जिल्लामा सलह फैलिइसक्दा पनि नियन्त्रणमा सरकार अझै अलमलमा देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह प्रायजसो ५० देखि एक सय वटाको समूहमा देखिएको छ । ठूलो झुन्ड नभएपनि सलहको विस्तार बढ्दै गएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । केन्द्रका अनुसार सलहको ठूलो झुन्ड शनिबार रूपन्देही छिरेको थियो ।

    बारा र सर्लाहीबाट पनि सलहको झुन्ड पसेको सोही क्षेत्रका कृषि ज्ञान केन्द्रका अधिकारीहरुले बताएका छन । तिनै झुन्ड छुट्टिएर अहिले विभिन्न जिल्लामा पुगेका हुन् । वर्षाका कारण सलहले ठूलो क्षति भने गरेको पाइएको छैन । सलह गर्मी र उज्यालोमा मात्रै सक्रिय हुने कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएको छ । आइतबार ठूलो पानी परेपछि सलह उड्न नसक्दा घाम लागेपछि केही बालीमा क्षति गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । तर सोमबार त्यसको असरबारे थप अध्ययन गरी जानकारी दिन सकिने केन्द्रले जनाएको छ । यस्तै बुटवलको सैनामैना र मकवानपुरको बतासे डाँडामा मकैबालीमा क्षति गरेको तथा पाल्पाका केही खेतबारीमा सलह पसेकोबाहेक अन्यत्रबाट गुनासो नआएको केन्द्रले बताएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईंले बालीमा बसेपनि सलहले २ देखि ३ घण्टामै ठाउँ फेरेको पाइएको जानकारी दिनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख हुमागाईंले पानी पर्दा कीरा सक्रिय नभएको जानकारी दिनुभयो । पछिल्लो समय लगातार पानी परिरहँदा क्षति हुनबाट बचेको विज्ञहरुले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित