
- Loading...
सर्लाहीमा उत्पादित आलुले उचित मूल्य नपाएको स्थानीयको गुनासो
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

सर्लाही जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन । खुल्ला सिमाना हुँदै भारतीय आलु बजारमा भित्रिएपछि आफूहरुले उत्पादन गरेको आलुले उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताउनुभयो । भारतीय आलुका कारण यसवर्ष पनि लागत मूल्य उठाउन स्थानीयलाई मुस्किल परेको छ । उहाँका अनुसार अहिले रातो २८ रुपैयाँ र सेतो आलु प्रतिकेजी २४ रुपैयाँमा बिक्री भइरहेको छ ।


तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यसवर्ष पनि बढ्न नसकेपछि स्थानीय त्यसको विकल्प खोज्न थालेका छन । स्थानीयवासी शिवजी महतोका अनुसार पहिले आलु खेतीबाट राम्रै फाइदा हुने गरे पनि पछिल्लो समय लगानी उठाउन मुस्किल पर्न थालेको छ । गतवर्ष पनि सोही खेतीबाट ६० हजार नोक्सान हुँदा ऋण तिर्न नसकेको आलु उत्पादक किसानहरुको गुनासो छ । पाँच वर्षपहिले प्रतिकेजी ३७ रुपैयाँमा बिक्री भएको आलु अहिले २५ रुपैयाँदेखि ३० रुपैयाँमा बेच्नु परेको किसान रोहन महतोको भनाई छ । सबैभन्दा बढी आलु उत्पादन, जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा हुने गरेको छ । तर बजार मूल्य राम्रो नभएपछि जिल्लाका किसानहरुले खेतबारीमा नै आलु थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राययादवले बताउनुभयो ।

