
- Loading...
स्याङ्जाको पुतलीबजारस्थित गोठिङ फाँटमा चक्लाबन्दी परियोजनाको शुभारम्भ
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको छ । सोमबार राष्ट्रिय धान दिवसको अवसर पारी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ स्थित गोठिङ फाँटमा उक्त परियोजना गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले शुभारम्भ गर्नुभएको हो । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित अधिकांश कार्यक्रममध्ये जमिन चक्लाबन्दीलाई विशेष प्राथमिक्ता दिइएको छ ।


स्थानीय १२४ किसानको ११० रोपनी जमिन चक्लाबन्दी गर्ने परियोजनामा किसानले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् । धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले सोही परियोजनाको काम अघि बढाएका हुन् । प्रदेश र स्थानीय सरकारले त्यहाकाँ किसानलाई सहयोग उपलब्ध गराएका छन । कृषिमा यन्त्रीकरण र व्यवसायीकरणमार्फत उत्पादकत्व बढाई किसानको आर्थिकस्तर उकास्ने उद्देश्यले पुतलीबजारको गोठिङ् खेतमा गरिएको चक्लाबन्दीको काम सकिएको छ । चक्लाबन्दीका कारण विगतका बाँझो जमिनमा पनि खेती हुने भएको छ । गण्डकी प्रदेश सरकारले जग्गा चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र चक्लाबन्दी गरिएको जमीनमा सिँचाइ, प्रविधि तथा उन्नत बीउ वीजनका लागि सहयोग गर्ने नीति लिएपछि किसान त्यसतर्फ थप आकर्षित भएका हुन । असार १५ मा धान रोपेर सुरुवात गरिने प्रदेशस्तरीय धान दिवसमा यसवर्ष मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ ।

