FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुदूरपश्चिम प्रदेशमा चामल आयातमा कमी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    गतवर्षको तुलनामा चालू आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशमा चामल आयात आधाले घटेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा २५ हजार १ सय २१ मेट्रिकटन चामल आयात भएको थियो । तर यसवर्ष ११ हजार ३ सय १७ मेट्रिकटन चामल आयात भएको छ ।

    मन्त्रालयले गतवर्ष १ अर्ब २८ करोड ५५ लाख ५७ हजार ३ सय ३९ रुपैयाँ र यसवर्ष ६१ करोड रुपैयाँको चामल आयात भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयको कार्यक्रम प्रभावकारी भएकाले चामल आयातमा कमी आएको दावी गर्नुभयो । मन्त्रालयले गरेको चैते धान खेती विस्तार, मसिनो तथा बास्नादारी धान खेती कार्यक्रम, सिँचाइ सेवाको विस्तार लगायतका कारण चामल आयातमा कमी आएको उहाँले बताउनुभयो । प्रवक्ता शर्माका अनुसार यसवर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको छ । लकडाउनले चामल ढुवानी हुन नसकेर पनि चामल आयातमा कमी आएको हुनसक्ने कतिपय अधिकारीहरुको बुझाई छ । सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हुँदै गएको पनि मन्त्रालयले दावी गरेको छ । देशभरी धान उत्पादनमा कमी आएपनि सुदूरपश्चिममा भने धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित